एमाले महासचिव पोखरेलसमक्ष ‘जरा केन्द्रित अभियान’को प्रतिवेदन पेस

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसमक्ष एमाले कर्णाली प्रदेशले तीन महिने जरा केन्द्रित अभियानको प्रतिवेदन पेस गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले अभियानको प्रतिवेदन महासचिव पोखरेलसमक्ष पेस गरेका हुन् ।
प्रतिवेदनमा कर्णालीका गाउँ-गाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको इन्चार्ज बोगटीले जानकारी दिए । उनले महासचिव पोखरेललाई अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराएका थिए । इन्चार्ज बोगटीले अभियानले कर्णाली पार्टीका स्थानीय कमिटीलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
अभियानका क्रममा स्थानीयस्तरका समस्या र आवश्यकता पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू संकलन गरिएको उनले जानकारी दिए । महासचिव पोखरेलले प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने बर्ताका छन् ।
















कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया