बुधबार, वैशाख १७, २०८२

एमाले महासचिव पोखरेलसमक्ष ‘जरा केन्द्रित अभियान’को प्रतिवेदन पेस

मेरोन्यूज २०८२ वैशाख १६ गते २२:१४

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसमक्ष एमाले कर्णाली प्रदेशले तीन महिने जरा केन्द्रित अभियानको प्रतिवेदन पेस गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले अभियानको प्रतिवेदन महासचिव पोखरेलसमक्ष पेस गरेका हुन् ।

प्रतिवेदनमा कर्णालीका गाउँ-गाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको इन्चार्ज बोगटीले जानकारी दिए । उनले महासचिव पोखरेललाई अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराएका थिए । इन्चार्ज बोगटीले अभियानले कर्णाली पार्टीका स्थानीय कमिटीलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

अभियानका क्रममा स्थानीयस्तरका समस्या र आवश्यकता पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू संकलन गरिएको उनले जानकारी दिए । महासचिव पोखरेलले प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने बर्ताका छन् ।

प्रतिक्रिया