ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
मेरोन्यूज
२०८२ वैशाख १७ गते १८:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रीपरिषदमा संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका कान्छाराम तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । रिक्त पदमा कांग्रेसको सिफारिसमा गर्बुजालाइ नियुक्त गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया