शुक्रबार, वैशाख १९, २०८२

महासंघले धोका दिएको भन्दै बालविकास शिक्षकहरूको विरोध

मेरोन्यूज २०८२ वैशाख १८ गते २०:३१

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति बालविकास (ईसीडी) शिक्षक कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

बालविकास शिक्षक संगठन तदर्थ समिति अध्यक्ष रिता रानाभाटले सहमतिमा बालविकास शिक्षकको विषय स्पष्ट नआएको भन्दै महासंघले धोका दिएको आरोप लगाइन् ।

२९ दिनको आन्दोलनमा लाखौँ खर्च भए पनि परिणाम नआएको भन्दै उनले निराशा व्यक्त गरिन् । ‘हामीलाई विद्यालय मातहत ल्याउने कुरा सहमतिमा नै आएन,’ उनले भनिन् ।

३६ हजार बालविकास शिक्षकको भावना उपेक्षा गरिएको र श्रम ऐनअनुसार तलब नपाएको गुनासो गर्दै उनले महासंघले आन्दोलनको माग स्पष्ट गर्नुपर्ने माग राखेकी छन् ।

प्रतिक्रिया