लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार
मेरोन्यूज
२०७८ वैशाख २० गते २०:५१

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए । सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा(एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।
सम्बन्धित
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया