नीति तथा कार्यक्रममा बाबुरामको प्रतिक्रिया- फस्ट डिभिजन आएन
मेरोन्यूज
२०८२ वैशाख १९ गते १७:४८

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका छन् ।
भट्टराईले समग्रमा नीति तथा कार्यक्रम सामान्य रूपमा पास भएको तर फस्ट डिभिजन प्राप्त गर्न नसकेको प्रतिक्रिया दिएका छन् । सरकारकाे नीति तथा कार्यक्रम यसअघिकै निरन्तरता जस्तो आएको उनकाे भनाइ छ।
‘अब बजेटमा कसरी आउँछ हेर्नुपर्छ । अहिलेसम्म दुई अंकको आर्थिक वृद्धिदर भएकै छैन । यसलाई हासिल गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो । आएको देखिएन । सुशासनको क्षेत्रमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने अंगहरूलाई बलियो अंग बनाउँछौँ, सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो । त्यो नबन्दा यसअघिकै निरन्तरता जस्तै भयो । सामान्य रूपमा पास भयो तर फस्ट डिभिजन आएन’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया