श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।
यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।
हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् । जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।
तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ ।
रिपोर्टका अनुसार श्रद्धा कपुरले खासमा ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धा कपुरले आफ्नो पारिश्रमिक एकैपटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पुर्याएकी हुन् । स्त्री २ पछि यो श्रद्धा कपुरको ठूलो प्रोजेक्ट हो । तपाईलाई बताउ कि श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन्। यो हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ।
श्रद्धा कपुरले आफनो करिअर तीन पत्तीबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी ‘लभ का द एन्ड’ मा देखिएकी थिइन् । उनले आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तिमी झुट मै मक्कर जस्ता फिल्म गरिसकेका छिन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया