रवि लामिछानेको धरौटी बदर निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको सहारा सहकारी प्रकरणमा जिल्ला अदालतले तोकेको ५४ लाख रुपैयाँ धरौटी आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर गरेको निवेदनमा अदालतले कैफियत प्रतिवेदन मागेको छ ।
न्यायाधीश शान्ता सेढाइँको इजलासले चितवन जिल्ला अदालतको धरौटी आदेशबारे स्पष्ट विवरण माग गर्दै कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो । लामिछानेले २०८१ माघ २४ गते चितवन जिल्ला अदालतको ५४ लाख रुपैयाँ धरौटी आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
यसअघि पनि लामिछानेले विभिन्न सहकारी प्रकरणमा जिल्ला अदालतको धरौटी आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका छन् । उच्च अदालतले ती मुद्दाहरूमा पनि कैफियत प्रतिवेदन माग गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
उक्त आदेशपछि अब चितवन जिल्ला अदालतले कैफियत प्रतिवेदन पेश गरेपछि उच्च अदालतमा थप सुनुवाइ हुनेछ । लामिछानेले आफू निर्दोष रहेको र धरौटी आदेश त्रुटिपूर्ण भएको जिकिर गर्दै आएका छन् ।













राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया