ललितपुरका सिडिओलाई कोरोना पुष्टिका बीच उपत्यकामा सिडिओको बैठक बस्दै

काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएको भन्दै उनी आज काठमाडौँ उपत्यकाका सिडिओहरूको बैठकमा सहभागी नहुने भएका छन् ।
बैकठमा सिडिओ निरौला भर्चुअल माध्यमबाट उपस्थित हुने छन् भने सहायक प्रमुख जिल्ला अधिकारीको बैठकमा सहभागिता हुनेछन् । उनी अहिले आइसोलेशनमा नै रहेका छन् ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै आज रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न तीन जिल्लाका सिडिओहरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल हुने भएको छ ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेको भन्दै गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया