तीन हजार भाइल रेम्डेसिभिर आज काठमाडौँ आइपुग्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीलाई प्रयोग हुने रेम्डेसिभिर औषधि तीन हजार भाइल बंगलादेशबाट आज काठमाडौँ आइपुग्ने भएको छ । औषधि आयात गर्ने संस्था ‘हाम्रो मेडी कन्सर्न’का निर्देशक शम्भु कार्कीले आज बेलुकासम्म ती औषधि काठमाडौँ आइपुग्ने जानकारी दिए ।
उनले भने, ‘बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने छ ।” उनका अनुसार उक्त औषधि कोरोनाको उपचार गर्ने अस्पतालको फार्मेसीहरूमा दिइनेछ । सो औषधी ५ हजार १ सय रुपैयाँमा पाइने छ ।
औषधि व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै रेम्डेसिभिर औषधिको व्यापक कालोबजारी मौलाएको गुनासो आएपछि तोकिएको मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न चेतावनी दिएको थियो । गत २२ चैतमा औषधि व्यवस्था विभागले हाम्रो मेडी कन्सर्नलाई २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो ।
ती कम्पनीहरूले क्रमशः बेक्सिम्को फर्मास्यिुटिकल्स र इन्सेक्ट्रा बंगलादेशबाट औषधि ल्याउने अनुमति पाएका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया