माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक वस्दैछ । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ मा विश्वासकोम त लिने गरी संसदको विशेष अधिवेशन बोलाएको सन्र्दभमा पार्टीले प्राविधिक रुपमा मात्र केपी ओली नेतृत्वको सरकारलाई दिईरहेको समर्थन के गर्ने र ओलीले लिन चाहेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रीत रहेर माओवादी बैठकमा छलफल हुने बताईएको छ ।
बैठक अहिले केही बेर पछि अर्थात ३ बजेपछि पार्टी मुख्यालय पेरिसडाडामा बस्ने गरी तय भएको स्थायी समिति सदस्य गणेश साहले बताए ।
केपी ओली नेतृत्वको सरकार लाई राजनीतिक रुपमा समर्थन माओवादीले एमाले माओवादी ब्यूतिए देखि नै दिएको छैन । मात्र ओलीले फेरि संसद विघटन गरेर चुनाव घोषणा गर्ने र चुनाव पनि नगराई मुलुकलाई नै पञ्चगमनतिर लैजान सक्ने राजनीतिक विश्लेषणका आधारमा मात्र उसले समर्थन फिर्ता लिएको घोषणा औपचारिक रुपमा गरेको थिएन । यससम्वन्धमा निर्णय लिन माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जिम्मा दिईसकेको छ ।
बैठकमा उपलब्ध स्थायी समिति सदस्यलाई मात्र बोलाइएको छ । कतिपय नेताहरु जिल्ला वाहिर रहेकोले पनि जिल्ला वाहिर रहेकालाई छोडेर काठमाडौंमा रहेका स्थायी समिति सदस्यलाई मात्र बैठकका लागि निम्तो पठाईएको साहको भनाई छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको साहले जानकारी दिए ।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया