नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा इन्जिनियर करारमा कार्यरत सुमन खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेर जागिर खाएको आरोपमा बिहीबार विशेष अदालतमा खनालविरुद्ध आरोपपत्र दायर गरेको हो।
खनालले इन्जिनियर पदमा करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियर तह र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ।
खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेडमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकेडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङ बाट जारी भएको क्यारेक्टर सर्टिफिकेट नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको ठहर छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिईएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया