शनिबार, वैशाख २७, २०८२

श्रीलङकामा हेलिकप्टर दुर्घटना : ६ जनाको मृत्यु, ६ सख्त घाइते

मेरोन्यूज २०८२ वैशाख २६ गते १३:५४

श्रीलङकाली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् ।

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अन्य छ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए ।

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।

प्रतिक्रिया