गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

ललितपुर । ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ ।
नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो ।
गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई विस्तार गर्दै जाने बताए ।
गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राखे ।
भेटिभर प्रविधि अन्तरराष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै हाम्रोजस्ते पहिरोको उच्च जोखिम रहेको देशमा यसको प्रयोगलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौँ उपत्यकासहित गोदावरीमा पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएकाले त्यसको प्राकृतिक समाधानका रूपमा भेटिभरलाई लिइएको वडाध्यक्ष सिलवालले बताए ।
उनका अनुसार संयुक्त राष्ट्रसङ्घले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिक प्रणाली पुनःस्थापनाको दशकका रूपमा घोषणा गरेको सन्दर्भमा यो प्रणाली पुनःस्थापनामा भेटिभरको प्रयोगलाई जोड दिइएको हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया