बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी (मर्चवार)। लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह-२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यही वैशाख २९ गते मूल समारोहको उद्घाटन गरिने विकास कोषले पत्रकार सम्मेलनमार्फत आज जानकारी दिएको हो ।
“लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा मूल समारोहको आयोजना हुनेछ”, कोषका सदस्य सचिव सानुराजा शाक्यले भन्नुभयो, “वैशाख २८, २९ र ३० गतेका दिन विशेष कार्यक्रम गरी सो समारोह मनाउन लागिएकोे हो ।” सो अवसरमा भोलि साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ, वैशाख २९ गते बिहान ६ बजे मायादेवी मन्दिर परिसरमा प्रार्थनासभा तथा बिहान ७ बजेदेखि कोषको ५ नं गेटबाट विशेष शोभायात्रा गरिने उहाँले जानकारी दिए ।
बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्थिधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान र देवदहमा स्थानीय तहको समन्वयमा विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइने कोषाध्यक्ष ढुण्डीराज भट्टराइले बताए। उनले भने, “सो अवसरमा लुम्बिनी क्षेत्रको सरसफाइ, दिप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, शान्ति ध्यान र प्रसूति उत्सव आयोजना हुनेछन्।”
बुद्धको ज्ञानको महत्त्व दर्शाउन देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रबासीलाई वैशाख २९ गते साँझ दीप प्रज्वलन गर्न र बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा अर्थात नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट लाने कार्यक्रममा सरिक हुन भट्टराइले आग्रह गरे ।
करिब रु एक करोड बजेट खर्च हुने अनुमान गरिएको २५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय तथा प्रदेश मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका र विदेशी पाहुनाको समेत सहभागिता रहने कोषले जनाएको छ ।
बुद्धजयन्ती एवं लुम्बिनी दिवसलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गरिने योजना रहेको भन्दै लुम्बिनीमा हुने समारोहले नेपाललाई विश्व शान्तिको केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको कोषका उपाध्याक्ष ल्यारक्याल लामाले बताए । उनले भने, “आपसी द्वन्द्व, रोग, भोक र शोकले ग्रस्त यो संसारमा बुद्ध दर्शनको विकल्प छैन ।”










देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग खेल्दै नेपाल
प्रतिक्रिया