बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी (मर्चवार)। लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह-२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यही वैशाख २९ गते मूल समारोहको उद्घाटन गरिने विकास कोषले पत्रकार सम्मेलनमार्फत आज जानकारी दिएको हो ।
“लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा मूल समारोहको आयोजना हुनेछ”, कोषका सदस्य सचिव सानुराजा शाक्यले भन्नुभयो, “वैशाख २८, २९ र ३० गतेका दिन विशेष कार्यक्रम गरी सो समारोह मनाउन लागिएकोे हो ।” सो अवसरमा भोलि साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ, वैशाख २९ गते बिहान ६ बजे मायादेवी मन्दिर परिसरमा प्रार्थनासभा तथा बिहान ७ बजेदेखि कोषको ५ नं गेटबाट विशेष शोभायात्रा गरिने उहाँले जानकारी दिए ।
बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्थिधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान र देवदहमा स्थानीय तहको समन्वयमा विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइने कोषाध्यक्ष ढुण्डीराज भट्टराइले बताए। उनले भने, “सो अवसरमा लुम्बिनी क्षेत्रको सरसफाइ, दिप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, शान्ति ध्यान र प्रसूति उत्सव आयोजना हुनेछन्।”
बुद्धको ज्ञानको महत्त्व दर्शाउन देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रबासीलाई वैशाख २९ गते साँझ दीप प्रज्वलन गर्न र बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा अर्थात नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट लाने कार्यक्रममा सरिक हुन भट्टराइले आग्रह गरे ।
करिब रु एक करोड बजेट खर्च हुने अनुमान गरिएको २५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय तथा प्रदेश मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका र विदेशी पाहुनाको समेत सहभागिता रहने कोषले जनाएको छ ।
बुद्धजयन्ती एवं लुम्बिनी दिवसलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गरिने योजना रहेको भन्दै लुम्बिनीमा हुने समारोहले नेपाललाई विश्व शान्तिको केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको कोषका उपाध्याक्ष ल्यारक्याल लामाले बताए । उनले भने, “आपसी द्वन्द्व, रोग, भोक र शोकले ग्रस्त यो संसारमा बुद्ध दर्शनको विकल्प छैन ।”

















भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया