बागमती प्रदेशसभाको अधिवेशन आह्वान
मेरोन्यूज
२०८२ वैशाख २८ गते १७:५२

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गरेका छन् ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उनले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिए ।
सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारीगरी त्यस्तो जानकारी दिएका हुन् ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया