सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती

सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ । हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ ।
नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट बाँकी रहेका जोखिमपूर्ण वस्तु र दुर्गम भूगोलका कारण आगो निभाउने कार्यमा कठिनाइ भएको छ । लाताकियाका प्रशासनिक तथा प्राविधिक इकाइ प्रमुख अली असीले जानकारी दिँदै भने, “तीव्र गर्मी, उकालो–ओरालो जमिन र पानी तथा उपकरण पु¥याउन गाह्रो भएकाले डढेलो नियन्त्रणमा समस्या भइरहेको छ ।”
उनले थप भने, “डढेलो सुरु भएको चार दिन भइसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । हामीले अलेप्पो, टार्टुस र हामा क्षेत्रका स्थानीय तहहरूसँग सहयोगको आग्रह गरेका छौँ । डढेलोले दर्जनौँ बिघा क्षेत्र प्रभावित बनाइसकेको छ र हामी अझै भारी उपकरणको प्रतीक्षा गरिरहेका छौँ ।”















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया