बुद्धको सन्देश विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् गौतमबुद्धको जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र भएको उल्लेख गरेका छन् । उनले भने, ‘यसलाई सबैले अङ्गिकार गर्दै दृढ सङ्कल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरूमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँछ ।’
बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उनको भनाइ छ । उनले भने, ‘वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त रहेको अवस्थामा बुद्धका उपदेशहरुबाट मैत्री, करुणा, शान्ति, अहिंसाको मार्गमा हिँड्न सहयोग पुग्न सक्छ, गौतमबुद्धको मध्यम मार्ग र अष्टाङ्गिक मार्गको सिद्धान्तले सबैलाई सत्य, नैतिकता र सन्तुलित जीवनको बाटो देखाउँछ ।’
बुद्ध जयन्ती मनाउनुको उद्देश्य आत्मनिरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।उपराष्ट्रपति यादवले आजकै दिन स्वाँया पुन्ही, उँभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया