खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’

बारा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।
सोमबार बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उनले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिए ।
उनले भने,“हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ ।”
पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे ।
उनले भने,“हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु–याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ ।”
आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेसङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया