एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत सात अर्ब रुपैयाँ रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ५ अर्ब २५ करोड रुपैयाँ रहनेछ ।
साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंक लिमिटेडको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंक हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।
साथै मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया