बुधबार, जेठ १, २०८२

संसद्‌मा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

मेरोन्यूज २०८२ वैशाख ३० गते १८:१०

काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको जनाइएकाे छ।

यस सम्बन्धी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा जानकारी गराएका हुन् ।

प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ । साेही अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया