रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
मेरोन्यूज
२०८२ वैशाख ३१ गते १४:३७

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मिश्रसहित अनुसन्धानको मिसिल पेस गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले ‘कारण देखाऊ’ आदेश जारी गर्दै मिश्रलाई आउँदो शुक्रबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले मिश्रसहित दुर्गा प्रसाईंलगायतलाई पक्राउ गरेको थियो ।
मिश्रमाथि राज्यद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया