घट्यो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०८२ जेठ १ गते २०:२४

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो ।
योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यसअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले मूल्य घटेर आएको हो ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया