कारको ठक्करबाट दुई महिलाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ २ गते १०:५१

कृष्णनगर (कपिलवस्तु)। बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया