नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा
मेरोन्यूज
२०८२ जेठ २ गते १५:०१

काठमाडौँ। नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूहविजेताका रुपमा सुपर-३ मा प्रवेश गरेको हो।
नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो ।
हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ। बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो । महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्ने छन् । अब नेपालले सुपर–थ्रीमा ५ गते सोमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यी दुवै टोली नेपालभन्दा बलिया छन् ।
सम्बन्धित
















कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया