सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदै

काठमाडौं। हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ ।
हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजो देखी सगरमाथा संबाद कार्यक्रम सुरू भएको हो ।
सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेवाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ बिदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संबाद’ कार्यक्रमको जलबायु परिवर्तन सबन्धी मुख्य बिषय छलफल हुनेछ ।
यस्तो छ कार्यतालिका
छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।
त्यसपछि बिशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत बिभिन्न कार्यक्रमहरू गरिनेछ ।








निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया