यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं। विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।
क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन्। क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू बिज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खेलाडीहरूको आर्थिक आम्दानी बढाउँछ।
विश्वका सबैभन्दा धनी खेलाडी सचिन तेन्दुलकर हुन्, जसलाई क्रिकेटका भगवान भनिन्छ । टाइम्स अफ इन्डियाका अनुसार अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १७० मिलियन डलर छ।
यो सूचीमा दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । सन २०२४ को रिपोर्ट अनुसार धोनीको कुल सम्पत्ति १११ मिलियन डलर छ। हालको समयमा यो मूल्यमा भिन्नता देख्न सकिन्छ।
विराट कोहली यस युगका सबैभन्दा धनी खेलाडी मध्ये एक हुन् । टाइम्स अफ इन्डियाका अनुसार विराटको कुल सम्पत्ति ९२ मिलियन डलर छ । विराटको वन ८ नामका धेरै होटल चेन पनि रहेका छन् ।
चौथौं सूचीमा अस्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङ पनि परेका छन् । पोन्टिङको कुल सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ।
पाँचौमा भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक ब्रायन लारा परेका छन । वेस्ट इन्डिजका पूर्व खेलाडीको कुल सम्पत्ति करिब ६० मिलियन डलर मानिएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया