इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको हो । न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भन्नुभयो, “यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ ।” उनले थपे, “पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन्र यो हाल पुनरावलोकनको क्रममा छ ।”
“यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,” जहाँगीरले भन्नुभयो, “उचित समयमा निर्णय घोषणा गरिनेछ।” जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरेपनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए ।
इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । उहाँले अहिले उक्त सजाय भुक्तानी गरिरहनुभएको छ । तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो ।
सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गर्नुभएको थियो, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए । पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।










गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया