कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्
मेरोन्यूज
२०७८ वैशाख २२ गते ११:१३

काठमाडौँ । नेपालगञ्ज मेडिकल कलेजमा एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । रुकुमकी ३२ वर्षीया महिलाले नेपालगञ्ज हिजो मंगलबार स्वस्थ बच्चा जन्माएको अस्पतालका उप निर्देशक नितेश कनोडियाले जानकारी दिए । उनको यो तेस्रो बच्चा हो ।
महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । २० बैशाखमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
अस्पतालमा कार्यरत प्रोफेसर डा मिता सिंहको टोलीले उनलाई बच्चा जन्माउन सहयोग गरेका थिए । ती महिलाले २ किलो सातसय ग्रामको स्वस्थ बच्चा जन्माएकी हुन् । अहिले उनीहरूको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया