नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् ।
सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।
“निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ , गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन” – उनले स्पष्ट पारे । अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।
“यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै बिदेशी प्रभाब र उक्साहट छैन” थापाले थपे । मुलुक युबाहिहिन भैसक्यो , भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिबर्तनको चपेटामा छ , बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले बिकल्प खोज्छन् , जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले सम्बाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पुर्ब जिबिस सभापती रमेश श्रेष्ठ , इनरुवाका पुर्ब उपमेयर माधब पोखरेल लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।
आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधब आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया