आईपीएल : सनराइजर्स हैदरावादले लखनउलाई हरायाे

काठमाडौं। यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स पहिलो चरणबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ।
२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो।
सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन जोडे। निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गरे।
आईपीएलमा कलकता नाइट राइडर्स, लखनउ, हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स पहिलो चरणबाट बाहिरिएका छन्।
गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु पन्जाब किङ प्ले अफमा प्रवेश गरिसकेका छन्। अझैसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन्।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया