सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ ।
मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।
नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका दुई ब्याटर गोल्डेन डक हुँदा अरू दुई ब्याटर डक भए ।
नेपाललाई सस्तैमा समेट्न ओनिचा काम्चोम्फुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडन फ्याँक्दै ११ रन खर्चिइन् । थिपट्चा पुथावोङले तीन विकेट लिइन् । यस्तै, सुलिपोर्न लाओमीले एक विकेट हात पारिन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।
थाइल्यान्डकी नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समान ५० रन बनाए । यस्तै, अफिसारा सुवान्चोनराथीले २९ र नाथाकान चान्थमले १५ रन थपे ।
नेपालका राजमति ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिए ।
यो हारका बाबजुद नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ ।
नेपालले यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान सुनिश्चित गरेको थियो ।








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया