लिङ्गोे जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी

गलेश्वर (म्याग्दी)। सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको स्थानीय समाजसेवी धनीलाल गर्बुजाले जानकारी दिए ।
दग्नामको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गोे जुधाउने प्रतिस्पर्धामा गैरी र कान्छी गाउँबीच भएको लिङ्गो जुधाइमा कान्छी गाउँ विजयी भएको हो । विगत चार सय वर्ष पहिलेदेखि भूमे पुजाका साथै सोही दिन दग्नामका दुई गाउँका बीचमा लिङ्गो जुधाउने प्रतियोगिता हुँदै आएको एकता युवा क्लब दग्नामका अध्यक्ष मनोज तिलिजाले बताए।
दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गोे बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा सुरु भएको थियो । यहाँ सामे भुमे, सिद्ध भूमे, देवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरी खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पूरा होस् भनी हरेक वर्षको जेठ महिनामा भूमेपूजा गर्ने गर्दछन् ।
पूजापछि सोही दिन आयोजना गरिने लिङ्गो जुधाउने प्रतियोगितालाई खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतीकको रुपमा लिने गरिएको स्थानीय गुन पुनले बताउनुभयो । दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् ।
दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिङ्गा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए । पुख्र्यौली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बीच आज बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया