नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, यस्ताे छ पहिलाे निर्णय
मेरोन्यूज
२०८२ जेठ ७ गते १२:५५

काठमाडौं। नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय पुगेका पौडेलले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।
सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया