वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित
मेरोन्यूज
२०८२ जेठ ८ गते ८:३८

काठमाडौं। आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको जित हात पारेको छ।
डबलिनमा बुधबार भएको दिवा रात्रि खेलमा आयरल्यान्ड १२४ रनले विजयी भएको हो। आयरल्यान्डले दिएको ३०४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रनमा अल आउट भएको हो।वेस्ट इन्डिजका लागि सातौँ क्रमका ब्याट्सम्यान रोस्टन चोजले सर्वाधिक ५५ तथा आठौँ क्रमका म्याथ फोर्डले ३८ रन प्रहार गरे। वेस्ट इन्डिजले ३१ रनमा ६ तथा ७१ रनमा ६ विकेट गुमाएको थियो। जस्टिन ग्रेभ्सले १७ बलमा ३५ रन जोडे।
वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा बेरी म्याकर्थीले ७।.१ ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। जर्ज डोकरेलले दुई ओभरमा २१ रन खर्चेर दुई विकेट लिए।
सम्बन्धित









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया