सिरहाबाट १२ किलो गाँजा सहित ३ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २२ गते १६:४०

सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति प्रहरीले धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय संजय यादवलाई १२ किलो गाँजा सहित पक्राउ गरेको हो ।
स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया