प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने
मेरोन्यूज
२०८२ जेठ ९ गते १६:१२

काठमाडौं । प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
प्रहरीले यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल बुझाएको हाे।
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सम्बन्धित









हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया