दाउन्ने सडक एकतर्फी सञ्चालनमा
मेरोन्यूज
२०८२ जेठ १० गते ११:४३

बुटवल । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबार राति बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो ।
आज बिहान सडक मर्मतको काम सुरु गरी १० बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी जानकारी दियो ।
सम्बन्धित
प्रतिक्रिया