अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको ठूलो प्रकोप, हजारौं घर प्रभावित

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
राज्य आपतकालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्विले आज बिहान पत्रकारहरूलाई जानकारी दिनुहुँदै भन्नुभयो,“क्षतिको विस्तृत मूल्याङ्कनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिने छन् । यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबै जनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु ।”
उहाँले थप भन्नुभयो,“पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौं ।”
यसैबीच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ ।
यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी सङ्कटमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको पुष्टि गरेको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया