कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ

मुम्बई । बलिउडका दिग्दव अभिनेता धर्मेन्द्र चलचित्र उद्योगमा ‘हेमन’ भनेर चिनिन्छन्, आफ्नो उत्कृष्ट चलचित्र र अभिनयका लागि उनी चिरपरिचित रहेका छन्। आज कलाकारलाई अर्को कुनै नयाँ पहिचान चाहिँदैन ।
खासमा बलिउड अभिनेता धर्मेन्द्रले फिल्मबाट धेरै नाम कमाउनुका साथै मनग्य आम्दानी पनि गरेका छन् । आज हामी अभिनेताको कुल ‘नेट वर्थ’ को बारेमा जानकारी दिनेछौं ।
धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । यसपछि अभिनेताले करिब ३ सय चलचित्रमा काम गरिसकेका छन् ।
अभिनेताको जन्म खन्ना पञ्जाबको लुधियाना तहसीलको नसराली गाउँमा भएको थियो। अभिनेताले आफ्नो प्रारम्भिक शिक्षा लुधियाना पञ्जाबबाटै नै गरेका थिए।
धर्मेन्द्रको कुल सम्पत्ति हेर्दा उनले करिब ४०० करोड रुपैयाँको सम्पत्ति बनाएका छन् । जसमा उनीहरुका ठूला होटलहरु पनि छन । धर्मेन्द्र केले मुम्बईको लोनावालामा १०० एकडको लक्जरी फार्म हाउस पनि किनेका छन् । यसको भित्र एउटा ठूलो र भव्य स्विमिङ पूल पनि रहेको छ।
सिए नलेजका अनुसार अभिनेताले मुम्बईमा नै करिब १७ करोडको सम्पत्ति पनि खरिद गरेका छन् । हालै उनले खेतीका लागि ८८ लाख र जग्गामा ५२ लाख रुपैयाँ लगानी गरेका छन् ।
सन १९७५ को फिल्म ‘शोले’ धर्मेन्द्रको लोकप्रिय फिल्महरू मध्ये पहिलो फिल्म हो। यस बाहेक उनले अपने २, इक्किस र ‘देश के गद्दार’जस्ता उत्कृष्ट चलचित्रमा काम गरेका छन् । हाल अभिनेता सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिरहेका हुन्छन् ।
अभिनेताले २०२२ मा अर्को विलासी रेस्टुरेन्ट खोलेका छन्, जसको नाम ही मेन हो र यो हरियाणाको कर्नाल राजमार्गमा खुला छ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया