‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा विराटनगरमा आयोजित अन्तरक्रियामा उनले मानवअधिकार संरक्षण र संवर्द्धनमा सम्बन्धित सरोकारवाला गम्भीरतापूर्वक काम गरेमा सफल हुने धारणा राखे । प्रदेश प्रमुख खापुङले समाजमा हुने विभेद, असमानता, अन्याय र अत्याचार समाप्त गरेमा मानवअधिकार संरक्षण गर्न सकिने उल्लेख गरे ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित गर्न राजनीतिक दलका नेताहरूको भूमिका महत्त्वपूर्ण रहने चर्चा गरे ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगको कामले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च छवि कायम राख्न सफल भएको बताए ।
आयोगका मानवअधिकार अधिकृत डिल्लीराम लम्सालले कोशी प्रदेश कार्यालयले मिति २०८१ जेठ १३ गतेदेखि २०८२ जेठ १२ गते जम्मा २३२ उजुरी प्राप्त भएकामा ९२ वटा अनुसन्धान गरिएको जानकारी दिए ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया