दक्षिण कोरियाको राष्ट्रपतीय चुनावमा विपक्षी दलका ली अग्रस्थानमा : सर्वेक्षण

एजेन्सी । दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङ देशको नयाँ राष्ट्रपतिका लागि स्पष्ट रूपमा प्रबल दाबेदार रहेको मङ्गलबार सार्वजनिक ‘ग्यालप’ को सर्वेक्षणले देखाएको छ ।
दक्षिण कोरियाली पूर्व नेता युन सुक योलले गत डिसेम्बरमा नागरिक शासनलाई निलम्बित गर्ने असफल प्रयासका कारण महिनौँदेखि जारी राजनीतिक उथलपुथललाई अन्त्य गर्दै आगामी जुन ३ मा दक्षिण कोरियामा मतदान हुँदैछ ।ग्यालपले गरेको सर्वेक्षणमा डेमोक्य्राटिक पार्टीका नेता लीलाई स्पष्ट बहुमत आउने देखिएको छ । सहभागीमध्ये ४९ प्रतिशत उत्तरदाताहरूले उनलाई सबैभन्दा राम्रो उम्मेदवारको रूपमा हेरेका छन् ।
सत्तारुढ दल पिपुल्स पावर पार्टीका पूर्व लेबर मन्त्री किम मुन सोलाई ३५ प्रतिशतले मन पराएका छन् ।तेस्रो स्थानमा सुधार पार्टीका ली जुन–सिओक रहेका छन् । उनले दक्षिण कोरियाली युवालाई लक्षित गरी अभियान चलाइरहेका छन्।
ग्यालप कोरियाले फोनमा गरेको सर्वेक्षणमा गत साता एक हजार चार उत्तरदाताहरूको सर्वेक्षण गरिएको थियो, जसमा ३.१ प्रतिशत बिन्दुको त्रुटिको अनुमान गरिएको छ ।
सर्वेक्षणले डेमोक्र्याटिक पार्टीका नेताले राजधानी सियोल, इन्च्योन र ग्योन्गीको सबैभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा जित हासिल गर्ने अनुमान गरेको छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी झुकाव भएका ली जे–म्युङलाई विजयी हुनबाट रोक्नका लागि राष्ट्रपतिपदको आफ्नो उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नुपरेको छ ।
तर, ४० वर्षीय जे–म्युङलाइ भने चुनावको दिन मतपत्रमा आफ्नो नाम ’स्पष्ट देखिने’ घोषणा गर्दै आएका छन् ।
मङ्गलबारको सर्वेक्षणले जे–म्युङले एकीकृत कन्जरभेटिभ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरे पनि जित हासिल गर्ने सङ्केत गरेको छ ।
सर्वेक्षणमा सहभागीमध्ये करिब पाँच प्रतिशतले आफूलाई कुनै प्राथमिकता नभएको वा को उत्कृष्ट उम्मेदवार हुने भन्ने थाहा नभएको बताएका छन् ।
यो सर्वेक्षण अर्को हप्ताको मतदान अघि जारी गरिने अन्तिम सर्वेक्षणमध्ये एक हो ।
कन्जर्भेटिभ पार्टीका उम्मेदवार किमले युनको सैनिक शासनको पराजयपछि सर्वसाधारणको ध्यान तान्न सफल भएपनि नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गरेका थिए ।
‘नेक्स्ट रिसर्च’ले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षणले दुई उम्मेदवारबीचको अन्तर देशव्यापी रूपमा नौ प्रतिशत बिन्दुमा खुम्चिएको र सियोलमा यो अन्तर ३.२ अङ्कमा खुम्चिएको देखिएको छ ।
ली सन् २०२२ को राष्ट्रपतीय चुनावमा युनसँग देशको इतिहासमै सबैभन्दा कम मतान्तर पराजित भएका थिए ।
















यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया