मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे
मेरोन्यूज
२०८२ जेठ १४ गते ११:३२

विराटनगर । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।
बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।
घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित









यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया