अफताब आलमले पाए उच्च अदालतबाट सफाइ
मेरोन्यूज
२०८२ जेठ १४ गते १८:०५

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालतको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो । जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर उच्चले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।
आलममाथि २०७६ साल असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेको थियो । संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए ।
आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै उच्च अदालतले सफाइ दिएको हो ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया