एनएसएल फुटबलमा आज ललितपुर vs बुटवल, काठमाडौं vs विराटनगर

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी आमने सामने हुनेछन् ।
समान चार खेल खेलेका बुटवल लुम्बिनीको ५ अंक छ भने ललितपुरको ३ अंक छ । बुटवलले २ मा जीत एक बराबरी र एकमा हार व्यहोरेको छ भने ललितपुरले तीन वटा म्याच बराबरी खेल्दा एउटा म्याचमा हार भोगेको छ ।
सोही मैदानमा आजै अपरान्ह साढे ५ बजे काठमाडौं रेजर्स एफसी र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौं र विराटनगरको समान ४ खेलबाट ७ अंक छ ।
दुबै टोलीले समान २ मा जीत एकमा बराबरी र एकमा हार व्यहोरेका छन् । यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । धनगढी १० अंक सहित लिगको शीर्ष स्थानमा छ ।

















रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया