इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र । इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरूका अनुसार हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, “इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन् ।”
“दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै आज बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्,” उनले भने ।
अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन ९जीएचएफ० द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र संघ र युरोपेली संघबाट यसको आलोचना भएको छ।
“हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ। भीडले हामीलाई अपमानित गरिरहेको छ,” बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भनिन्।
“आफ्ना बच्चाहरूलाई खुवाउनको लागि एक बोरा मैदा प्राप्त गर्न हामी त्यहाँ जान्छौँ र हाम्रो जीवनलाई जोखिममा पार्छौँ ।”
इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, “बुधबार गाजा पट्टीमा दर्जनौँ आतंकवादी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।”
युरोपेली संघका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘व्यवस्थित भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताएका छन् ।
















पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया