कस्ताे रहला आज देशभरकाे मौसम ?

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखी मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशको धेरै स्थानहरूमा, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रेदशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया