हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

काठमाडौं । यामाहा नेपालले नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ ।
हिमालय टिभीमा साप्ताहिक रूपमा प्रशारण हुन ेहिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटिभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो । कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरी टेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ ।
पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा यामाहा नेपालले सधैं युवा राइडरलाई प्रेरित गर्दै आएको छ । यामाहाले विगत छ वर्षयता निरन्तर रुपमा हिमालय रोजिडमा स्पोन्सर गर्दै आएको छ ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार यामाहा र रोडिजको साझा डीएनए छ । ‘यस सिजनको ‘हेल अर हेभन’ थिमले हामीले जीवन र यात्रा दुवै ठाउँमा गर्ने छनोटहरूलाई झल्काउँछ । हामी एकपटक फेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्दछौ’ उनले भने ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया