चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाएको छ ।
गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौँ पठाइएको हो । वडा कार्यालयको सहजीकरण लसुन काठमाडौँ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लिग काठमाडौँ पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।
किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो रु १२५, ‘बि’ ग्रेडलाई रु १०५ र ‘सि’ ग्रेडलाई प्रति किलो रु ६० मा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट बिक्रीबाट रु डेड करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुन खेती गर्दै आएका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया