श्रीलङ्कामा खराब मौसमबाट छ हजार प्रभावित
मेरोन्यूज
२०८२ जेठ १७ गते १७:५२

विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलङ्कामा खराब मौसमबाट करिब छ हजार मानिस प्रभावित भएका छन् ।
खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घर आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ ।
यसैबीच, श्रीलङ्काको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण ५० हजारभन्दा बढी जनसङ्ख्या विद्युत कटौतीका कारण प्रभावित भएकोे जनाएको छ ।
मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रति घण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी २४ घन्टासम्म जारी रहनेछ ।
विभागले आँधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरूलाई सुझाव दिएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया