वीर अस्पतालको नयाँ भवनसहित ४ स्थानमा कोभिड अस्पताल सञ्चालन गरिने

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ स्थानमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना अघि सारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ ।
काठमाडौंमै कोरोना बिरामीको लागि शय्या अभाव भएपछि सरकारले विभिन्न विकल्पको खोजी गर्दै आएको थियो । सोही क्रममा वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई कम्तीमा ५०० शय्या सहितको सेवा दिने तयारी सरकारले गरेको छ । वीरको नयाँ भवन चीन सरकारको सहयोगमा केही समय अघिमात्रै निर्माण सम्पन्न भएर प्रयोगविहीन अवस्थामा राखिएको थियो तर चौतर्फि बिरोध भएपछि शनिबारबाट सञ्चालन ल्याउँन लागिएको हो ।
त्यस्तै, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने कार्ययोजना छ । पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँमा रहेका संरचनालाई प्रयोगमा ल्याइएको थियो ।















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया